काठमाडौँ – नेपाल तेक्वान्दो संघले आफनो सङ्घको केन्द्रीय कार्य समितिको विभिन्न पदमा रहेको पदाधिकारी र सदस्यलाई बिदाइ गरेको छ ।


ADVERTISEMENT


संघद्वारा आज यहाँ आयोजित एक कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद् (राखेप)पनि आबद्ध रहेका १२ कर्मचारीलाई बिदाइ गरेको हो । बिदाइ हुनेमा संघका सचिव नवीनकुमार श्रेष्ठ, प्रवक्ता दीपक विष्ट र सहकोषाध्यक्ष सुमनकुमार घले छन् । त्यसैगरी सदस्यमा टिकाप्रसाद लिम्ब, सङ्गिना वैद्य, नोर्बु लामा, हेमन्त डाँगी, श्रीमान थापामगर, पूर्ण योञ्जन, कविराज खड्गी, हिराबहादुर थापा र मिन न्यौपाने छन् ।


ADVERTISEMENT

# # #


नेपाल सरकारद्वारा जारी गरिएको राष्ट्रिय खेलकूद विकास ऐन २०७७ कार्यान्वयन भएसँगै राखेपका कर्मचारीहरु कुनै पनि खेलकुद सङ्घमा आबद्व हुन नपाउने प्रावधानअनुसार उनीहरुले सङ्घलाई राजिनामा बुझाएका हुन् । सोहीअनुसार संघले उनीहरुको राजिनामा स्वीकृत गर्दै बिदाइ गरेको हो ।

कार्यक्रममा नेपाल तेक्वान्दो सङ्घका अध्यक्ष प्रकाशशम्शेर राणाले सङ्घमा आबद्ध सबै पदाधिकारीले तेक्वान्दो खेलको विकास र संस्थागत हितका लागि पुर्याएको भूमिका उल्लेखनीय रहेको बताए ।