काठमाडौँ – नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले आफ्नो वार्षिकोत्सवलाई संस्मरणीय बनाउन ‘एनीभर्सरी अफर’ ल्याएको छ ।


ADVERTISEMENT


यस अफर अन्तर्गत ग्राहकहरुले साउन १६ गते (भोलि) सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत (अधिकतम रु. १ हजारसम्म) क्यासब्याक पाउनेछन् । यो अफरको लाभ लिनको लागि चाडै नै आफ्नो मोबाईलमा सेलपे एप्प डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्न समिने कम्पनीले जनाइएको छ ।


ADVERTISEMENT

# # #


यसका साथै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा १०० सेकेण्डभित्र रु. १ मा असीमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउनेछन् । सेलपेको वार्षिकोत्सवको अवसरमा ग्राहकहरुको माझ खुशी बाड्नको लागि यस अफरको सुरुवात गरिएको हो ।

सेलपे सेवा मोबाइल तथा वेब एप्लीकेशन दुवै माध्यमबाट उपयोग गर्न सकिने अत्यन्त द्रुत, सरल तथा सुरक्षित सेवा हो ।