काठमाडौँ– नेपाली कांग्रेसको भातृ संगठन नेविसंघले वीपी कोइरालाको  जन्म जयन्ती विभिन्न कार्यक्रम गरी भव्यताका साथ मनाउने भएको छ ।


ADVERTISEMENT


‘नेविसंघ, कांग्रेस र देश, वर्तमान सन्दर्भमा वीपी विचार नै वेश’ भन्ने मुल नाराका साथ नेविसंघले कोइरालाको १०३ औ जयन्ती मनाउन लागेको हो ।


ADVERTISEMENT

# # #


प्रथम जननिर्वाचित प्रधानमन्त्री कोइरालाको जयन्ती मनाउन नेविसंघका स्ववियु क्याम्पस प्रतिनिधिलाई जिल्ला स्तरीय रुपमा कार्यक्रम आयोजना गर्न संगठनले निर्देशन दिएको छ ।

भदौँ २४ गते जिल्ला व्यापी माध्यामिक स्तरीय वतृत्व कला, हाजिरी जवाफ प्रतियोगिता, रक्तदान कार्यक्रम, वृक्षारोपण कार्यक्रम, वीपी कप खेलकुद प्रतियोगिता र सरसफाई लगायतका कार्यक्रमको आयोजना गरी मनाइने नेविसंघले जनाएको छ ।

कार्यक्रम सम्पन्न गरी त्यसको विवरण नेविसंघ केन्द्रिय कार्यालयमा पठाउन पनि संगठनले निर्देशन दिएको छ ।