काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ५१ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । जसमध्ये काठमाडौँका ४३ जना, भक्तपुरका ५ जना र ललितपुरका ३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ८ जना र भक्तपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौँका १७ जनामा कोरोना पाइएको छ । पाटन अस्पताल ललितपुरमा काठमाडौँका ५ जना, भक्तपुरका ४ जना र ललितपुरका २ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । यस्तै वीर अस्पताल काठमाडौँमा काठमाडौँका २ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा गरिएको परीक्षणमा काठमाडौँका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा काठमाडौँका २ जना, वीरेन्द्र अस्पताल छाउनीमा काठमाडौँका ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै स्टार अस्पताल सानेपामा काठमाडौँका ५ जना र ललितपुरका १ जनामा कोरोना पाइएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ४१८ जनामा कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २० हजार ७५० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा ३५८ जना निको भएका छन् भने हालसम्म १४ हजार ९६१ जना उपचारपछि निको भएका छन् । आजसम्म ५७ जनाको मृत्यु भएको छ ।