काठमाडौँ – माछापुच्छ्रे बैंक र सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटि बीच बैंकका ग्राहकहरुलाई छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ ।


ADVERTISEMENT


सम्झौतापत्रमा माछापुच्छ्रे बैंकको तर्फबाट नायब महाप्रबन्धक सर्जु कुमार थापा तथा सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटिको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण न्यौपानेले हस्ताक्षर गरेका छन् ।


ADVERTISEMENT

# # #


सम्झौता अनुसार अब माछापुच्छ्रे बैंकका ग्राहकहरूले सिद्वार्थ बिजिनेश ग्रुप अफ हस्पिटालिटि अन्तर्गतका देशका बिभिन्न स्थाहरुमा रहेका होटल, रेष्टुरेण्ट, रिर्सोट तथा क्याफेले प्रदान गर्ने सेवाहरुमा १० प्रतिशत सम्मको छुट पाउनेछन् । बैंकको डेबिट-क्रेडिट कार्ड तथा बैंकबाट जारी भएका अन्य कुनैपनि प्रकारका कार्ड वाहकहरूले उक्त छुट प्राप्त गर्न सक्नेछन् ।

माछापुच्छ्रे बैंकले देशभर १५९ वटा शाखाहरु, १३४ शाखारहित बैकिङ्ग सेवा र ५ एक्सटेन्स काउण्टर समेत गरी २९८ स्थानमा रहेका सेवा सञ्जाल तथा १९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस मार्फत बैँकिङ्ग सेवा प्रदान गरिरहेको छ ।