काठमाडौं –  पाकिस्तानले मुलुकको नयाँ राजनीतिक नक्सा जारी गरेको छ । पाकिस्तानले मंगलबार भारत प्रशासित जम्मू–कश्मीर र गुजरातको जुनागढसमेत समेटेर नयाँ नक्सा जारी गरेको हो । पाकिस्तानले जारी गरेको नयाँ नक्सालाई भारतले भने अस्वीकार गरेको छ ।


ADVERTISEMENT


 

पाकिस्तानको सो कदमपछि पहिलो प्रतिक्रिया दिँदै भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले पाकिस्तानले जारी गरेको नक्साको कुनै वैधता नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


 

उनले सो नक्साले राष्ट्रिय वा अन्तर्राष्ट्रिय रुपमा कुनै वैधता नपाउने बताएका छन् । उनले सीमापार आतंकवालाई बढवा दिन पाकिस्तानले यस्तो भ्रमपूर्ण नक्सा जारी गरेको आरोप लगाएका छन् ।

 

भारतले गत वर्ष अगस्ट पाँचमा जम्मू कश्मीरको विषेशाधिकार खारेज गर्दै दुई केन्द्र शासित राज्य बनाएको थियो । सो परिवर्तनको एक वर्ष पुग्नै लाग्दा पाकिस्तानले नयाँ नक्सा जारी गरेको हो ।