काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । जसमध्ये काठमाडौँका ५७ जना र ललितपुरका ५ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका २७ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका १४ जना र ललितपुरका १ जनामा कोरोना पाइएको छ ।


ADVERTISEMENT

# # #


पाटन अस्पताल ललितपुरमा गरिएको परीक्षणमा काठमाडौँका २ जना र ललितपुरका २ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौँका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा काठमाडौँका ११ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा.गौतमले जानकारी दिएका छन् । यस्तै स्टार अस्पताल सानेपामा काठमाडौँका १ जना र ललितपुरका २ जनामा कोरोना पाइएको छ । यस्तै बीआइडीएच ल्याब काठमाडौँमा काठमाडौंँका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

काठमाडौँमा मंगलबार पनि ६२ जनामा नै कोरोना पुष्टि भएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा ३८१ जनामा कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा १३० जना निको भएका छन् भने हालसम्म १५ हजार १५६ जना उपचारपछि निको भएका छन् । आजसम्म ६०जनाको मृत्यु भएको छ । गत २४ घण्टामा २ जना पुरुषको मृत्यु भएको छ ।