सुनसरी– कोरोना संक्रमणको जोखिम कम गर्ने उदेश्यले हिजो राति १२ बजेबाट सुनसरी जिल्ला प्रशासनले जिल्लाभरी निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणी पोख्रेलका अनुसार सुनसरीका दुहवी, इटहरी, बराहक्षेत्र, इनरुवालगायतका स्थानीय तहका बजार क्षेत्रमा स्वाब संकलन गरेर पिसिआर परीक्षण गर्दा कोरोना संक्रमण बढेको देखिएकाले साउन २६ गते मध्यराती सम्म जिल्लालाई निषेधित क्षेत्र घोषणा गरिएको छ ।


ADVERTISEMENT


उनले कोरोना संक्रमण फैलनबाट रोक्न संक्रामक रोग ऐन २०२० बमोजिम जिल्ला भर मानिसको आवगमनमा नियन्त्रण गर्न निषेधित क्षेत्र घोषणा गरिएको बताए । सो अवधिभर सरकारी तथा सार्वजनिक संस्थाका कर्मचारी, अत्यावश्यक सेवाका कर्मचारीले आफ्नो काममा कार्यालयको समय अघि र पछि हिडडुल गर्न पाउने छन् । नेपाल सरकारले जारी गरेको कोभिड १९ सम्बन्धि स्वास्थ्य प्रोटोकल अपनाएर औद्योगिक क्षेत्र भने खुल्ला गर्न पाइनेछ ।


ADVERTISEMENT

# # #