काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १०२ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । जसमध्ये काठमाडौँका ९२ जना, ललितपुरका १० जना र भक्तपुरका ४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका १४ जना, ललितपुरका ३ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका ३९ जना, ललितपुरका ३ जना र भक्तपुरका २ जनामा कोरोना पाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका ५ जना, ललितपुरका २ जना र भक्तपुरका १ जना, वीर अस्पताल काठमाडौँमा काठमाडौँका ४ जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौँका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा काठमाडौँका ७ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । यस्तै स्टार अस्पताल सानेपामा काठमाडौँका ११ जना र ललितपुरका १ जनामा कोरोना पाइएको छ । यस्तै वीर ल्याब काठमाडौँमा काठमाडौँका २ जना र ललितपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

ह्याम्स अस्पताल काठमाडौँमा काठमाडौँका ४ जना, नेपाल कोरियामैत्री अस्पतालमा भक्तपुरका १ जना र काठमाडौँका १ जना, सूर्या हेल्थ केयर काठमाडौँमा ४ जनामा कोरोना पाइएको छ । काठमाडौँ उपत्यकामा एकैदिन अहिलेसम्मकै धेरै संख्यामा संक्रमित देखिएका हुन् ।

पछिल्लो २४ घण्टामा नेपालमा ४६४ जनामा कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा ४२५ जना निको भएका छन् भने हालसम्म १५ हजार ८१४ जना उपचारपछि निको भएका छन् । आजसम्म ७० जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ५ जना पुरुषको मृत्यु भएको छ ।