काठमाडौं – पछिल्लो २४ घण्टामा थप ४६४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार २१४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका २९ वटा प्रयोगशालामा ७ हजार ९२६ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा १० हजार २०७ जना रहेका छन् भने ६ हजार ३३० जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये ७० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । हालसम्म १५ हजार ८१४ जना निको भएको प्रवक्ता डा.गौतमले जनाएका छन् ।

पछिल्लो २४ घण्टामा ४२५ जना निको भएका छन् ।