काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ६२ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । जसमध्ये काठमाडौँका ५६ जना, ललितपुरका ३ जना र भक्तपुरका ३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका ४ जनामा कोरोना पोजेटिभ देखिएको छ ।


ADVERTISEMENT

# # #


यस्तै पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौँका ५ जना, ललितपुरका ३ जना, वीर अस्पताल काठमाडौँमा काठमाडौँका १ जना र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा काठमाडौँका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै नेपाल प्रहरी अस्पताल महाराजगञ्जमा काठमाडौँका २९ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् । यस्तै स्टार अस्पताल सानेपामा काठमाडौँका १२ जनामा कोरोना पाइएको छ । यस्तै विध ल्याब काठमाडौँमा काठमाडौँका २ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

यस्तै नेपाल कोरियामैत्री अस्पतालमा भक्तपुरका ३ जना र काठमाडौँका २ जनामा कोरोना पाइएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ३७८ जनामा कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २२ हजार ५१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा ४९९ जना निको भएका छन् भने हालसम्म १६ हजार ३१३ जना उपचारपछि निको भएका छन् । आजसम्म ७३ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ३ जनाको मृत्यु भएको छ ।