वीरगन्ज — नारायणी अस्थायी कोरोना गण्डक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको वीरगन्ज महानगरपालिका– १५ भेडियाहीकी ४५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।ती महिलाको शनिबार राति मृत्यु भएको थियो । मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा.मदनकुमार उपाध्यायले जनाए ।


ADVERTISEMENT


चिकित्सकका अनुसार ती महिला हाइपरटेन्सन र हाइपर थाइराइडको रोगी थिइन् । साउनयता पर्सामा १८ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।


ADVERTISEMENT

# # #