काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३४ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । जसमध्ये काठमाडौँका ११० जना, ललितपुरका १६ जना र भक्तपुरका ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका २८ जना, भक्तपुरका ४ जना र ललितपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका २० जना, भक्तपुरका २ जनामा कोरोना पाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै पाटन अस्पतालमा काठमाडौँका ८ जना, ललितपुरका ८ जना, वीर अस्पतालमा काठमाडौँका ३ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा काठमाडौँका १३ जना, ललितपुर र भक्तपुरका १–१ जनामा कोरोना पुष्टि भएको छ । यस्तै नेपाल प्रहरी अस्पतालमा काठमाडौँका ५ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

यस्तै स्टार अस्पताल सानेपामा काठमाडौँका १४ जना र ललितपुरका १ जना, ह्याम्स अस्पतालमा काठमाडौँका ८ जना र ललितपुरका १ जना, बिध ल्याबमा काठमाडौँका २ जना र ललितपुरका २ जनामा कोरोना पाइएको छ ।

काठमाडौँ मेडिकल कलेज प्रयोगशालामा काठमाडौँका २ जना, नेपाल कोरियामैत्री अस्पतालमा काठमाडौँका ४ जना र भक्तपुरका १ जना, वीरेन्द्र अस्पतालमा काठमाडौका ३ जनामा कोरोना देखिएको छ । यो काठमाडौँ उपत्यकामा एकैदिन देखिएको अहिलेसम्मकै उच्च संख्या हो । यसअघि गत काठमाडौँ उपत्यकामा गत साउन २३ गते एकैदिन १०६ जना संक्रमित देखिएका थिए । यस्तै दाङ प्रयोगशालामा ललितपुरका २ जनामा कोरोना देखिएको छ ।

पछिल्लो २४ घण्टामा नेपालमा ६३८ जना कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २३ हजार ९४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा १७१ जना निको भएका छन् भने हालसम्म १६ हजार ६६४ जना उपचारपछि निको भएका छन् । आजसम्म ८३ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ४ जनाको मृत्यु भएको छ ।