काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १३४ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । जसमध्ये काठमाडौँका १०९ जना, ललितपुरका २१ जना र भक्तपुरका ८ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौँका १० जनामा कोरोना पोजेटिभ देखिएको छ । यस्तै टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा काठमाडौँका २९ जना, भक्तपुरका १ जनामा कोरोना पाइएको छ ।


ADVERTISEMENT

# # #


यस्तै पाटन अस्पतालमा काठमाडौँका ११ जना, भक्तपुरका १ जना, ललितपुरका १४ जना, वीर अस्पतालमा भक्तपुरका २ जना, काठमाडौँका २ जना, त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौँमा काठमाडौँका ११ जना, ललितपुर र भक्तपुरका १–१ जनामा कोरोना पुष्टि भएको छ । यस्तै नेपाल प्रहरी अस्पतालमा काठमाडौँका २२ जना, ललितपुरका २ जना र भक्तपुरका १ जनामा कोरोना पोजेटिभ देखिएको प्रवक्ता डा. गौतमले जानकारी दिएका छन् ।

यस्तै स्टार अस्पताल सानेपामा काठमाडौँका ९ जना, भक्तपुरका १ जना र ललितपुरका २ जना, विध ल्याब काठमाडौँमा काठमाडौँका ५ जना र ललितपुरका २ जना, ह्याम्स अस्पतालमा भक्तपुरका १ जना, काठमाडौँका ८ जना, विरेन्द्र अस्पतालमा काठमाडौँका २ जनामा कोरोना पाइएको छ ।

यो काठमाडौँ उपत्यकामा एकैदिन देखिएको अहिलेसम्मकै उच्च संख्या हो । यसअघि गत काठमाडौँ उपत्यकामा हिजो गते एकैदिन १३४ जना संक्रमित देखिएका थिए ।

पछिल्लो २४ घण्टामा नेपालमा ४८४ जना कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै गत २४ घण्टामा ६४ जना निको भएका छन् भने हालसम्म १६ हजार ७२८ जना उपचारपछि निको भएका छन् । आजसम्म ९१ जनाको मृत्यु भएको छ । गत २४ घण्टामा ८ जनाको मृत्यु भएको छ ।