काठमाडौँ – बैँक तथा वित्तीय क्षेत्रका कर्मचारीलाई कोरोना भाइरस (कोभिड–१९) संक्रमण भए उपचारमा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित बैँकले नै तिर्नुपर्ने भएको छ । बिहीबार १४ बुँदे परिपत्र गर्दै नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय क्षेत्रलाई कर्मचारीमा संक्रमण देखिए सम्पूर्ण खर्च बेहोर्न निर्देशन दिएको हो ।


ADVERTISEMENT


कोरोना देखिएका कर्मचारीलाई आइशोलेसनमा बस्दा आइशोलेसनमा रहने समयावधिभर तलबसहितको अतिरिक्त बिदाको व्यवस्था गर्ने तथा क्वारेन्टिनमा रहेका कर्मचारीलाई क्वारेन्टिनमा रहँदासम्म ‘वर्क फ्रम होम’को व्यवस्था गर्नुपर्ने राष्ट्र बैँकको परिपत्रमा उल्लेख छ । यस्तै कर्मचारीलाई कोरोना परीक्षण गराउन लाग्ने सम्पूर्ण खर्च पनि सम्बन्धित बैँक तथा वित्तीय संस्थाले व्यहोर्नुपर्ने छ ।


ADVERTISEMENT

# # #


राष्ट्र बैँकले २ सय भन्दा बढी कोरोना संक्रमित भएका जिल्ला र काठमाडौँ उपत्यका बैँक तथा वित्तीय संस्थामा बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै आलोपालो हुनेगरी कार्यालयबाटै र बाँकीलाई सुरक्षित रहने गरी घरबाटै कार्यसम्पादन गराउन भनेको छ ।

सबै प्रकारका बैठक, सेमिनार, समीक्षा, गोष्ठी, भेला जस्ता सामूहिक जमघट हुने कार्य नगर्न र नगराउन निर्देशन दिएको छ ।