काठमाडौं । माछापुच्छ्रे बैंकको फड्को, नेपालमै पहिलोपटक वी च्याट वालेटको भुक्तानी सेवा शुभारम्भ बैंकले नेपालमा नै पहिलो पटक ‘वी च्याट वालेट’को भुक्तानी सेवा भित्र्याएको छ । नयाँ प्रविधिहरु भित्र्याउन अग्रसर माछापुच्छ्रे बैंकले नेपालमा आउने चिनिया पर्यटकहरुलाई लक्षित गर्दै ‘वी च्याट वालेट’बाट हुने भुक्तानी स्वीकार गर्न यो सेवा शुभारम्भ गरेको हो ।


ADVERTISEMENT


उक्त सम्झौता पश्चात नेपाल आउने पर्यटकहरुले माछापुच्छ्रे बैंक लि.संग आबद्ध मर्चेन्टहरुबाट वस्तु तथा सेवा खरीद गरे वापत भुक्तानी गर्नुपर्ने रकम ‘क्यूआर कोड’ स्क्यान गरि ‘वी च्याट वालेट’बाट भुक्तानी गर्न सक्नेछन् । माछापुच्छ्रे बैंकले फष्ट पे टेक्नोलोजि प्रा. ली.संगको सहकार्यमा उक्त ‘वी च्याट वालेट’ संचालनमा ल्याएको हो ।


ADVERTISEMENT

# # #


स्थापनाकालदेखि नै नयाँ नयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंक लि. पुर्व देखि पश्चिम साथै हिमाल देखि पहाड, र तराईसम्म आफ्ना १ सय ५९ वटा शाखाहरु, १ सय ३४ शाखारहित बैकिङ्ग सेवा समेत गरी जम्मा २ सय ९३ स्थानमा रहेका सेवा सञ्जाल तथा १ सय ९८ वटा एटीएमहरु तथा १ हजार भन्दा बढी पिओएस ( पिओएस मेसिन) मार्फत बाट ग्राहक महानुभावहरुलाई अत्याधुनिक प्रविधि सहित सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ ।