तनहुँ — भानु नगरपालिकाको वडा नम्बर १ मा एकैदिन २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । शुक्रबार आएको पीसीआर रिपोर्टमा भानु नगरपालिका वडा नम्बर १ का १४ पुरुष र ६ महिला गरी २० जनामा कोरोना पोजिटिभ देखिएको हो ।


ADVERTISEMENT


कोरोना भाइरसको संक्रमण हुनेहरुमा २७, ४९, ३९, २८, ५२, २२, ४०, ३४, ४३, ३७, ५०, ४०, २८ र ३५ वर्षका पुरुष र ५, ३१, २८, ३०, ५६ र ३७ वर्षका महिला रहेको जनाइएको छ । संक्रमण हुनेमा भानु–१ भन्सारका वर्कसप, मासु व्यवसायी र स्थानीय व्यक्ति रहेका नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए ।


ADVERTISEMENT

# # #