काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आन्तरिक विवाद समाधानका लागि ६ सदस्यीय कार्यदल गठन गरिएको छ । पार्टीका आन्तरिक समस्याको समाधानका लागि यथाशक्य छिटो गृहकार्य गरी सुझाव प्रस्तुत गर्न  नेकपाले पार्टीका महासचिव विष्णु पौडेलको संयोजकत्वमा कार्यदल गठन गरेको हो ।


ADVERTISEMENT


शुक्रबार प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यष पुष्पकमल दाहाल प्रचण्डबीच भएको भेटमा कार्यदल गठन गर्ने सहमति भए अनुसार कार्यदल गठन गरिएको हो ।


ADVERTISEMENT

# # #


कार्यदलमा महासचिव विष्णु पौडेल, भीम रावल, शंकर पोखरेल, जनार्दन शर्मा, सुरेन्द्र पाण्डे र पम्फा भुसाल रहेका छन् ।