काठमाडौँ – पर्यटन व्यवसायीहरुले नियमित उडान सुचारु गरी पर्यटन गतिविधिहरु सञ्चालन नभएमा आन्दोलनमा जाने चेतावनी सरकारलाई दिएका छन् । शुक्रवार हवाइ, पर्यटकीय यातायात तथा पर्यटनसँग सम्बन्धित पर्यटनसम्बद्ध २१ वटा कम्पनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डय मन्त्री योगेश भट्टराईलाई संयुक्त पत्र लेखी माग पूरा नभए आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।


ADVERTISEMENT


नेपालमा शुरु लकडाउनपछि चैतयता पर्यटन व्यवसाय धरासयी भएको, लाखौं मजदुरको रोजगारी र हजारौं लगानीकर्ताको लगानी जोखिममा परेकाले यसले पर्यटन व्यवसायीलाई आर्थिक, सामाजिक तथा मनोवैज्ञानिक असर परेको व्यवसायीहरुले बताएका छन् । लामो समयसम्म आर्थिक गतिविधि र रोजीरोटीको क्रियाकलाप ठप्प हुँदा पनि राज्य क्षेत्रबाट कुै पहल नभएकोमा आपत्ति जनाउँदै व्यवसायीहरुले पर्यटनसम्बद्ध संगठनहरु खोल्न सरकारलाई अनुरोध गरेका हुन् ।


ADVERTISEMENT

# # #


‘स्वास्थ्य तथा सुरक्षा प्रोटोकलको पूर्ण तथा प्रभावकारी पालन गरी सेवा सुचारु गर्नुपर्ने हाम्रो मत छ,’ पत्रमा लेखिएको छ । सरकारले आगामी भदौ १५ सम्म हवाइ उडान बन्द गर्ने निर्णय गरेकोमा कोभिड–१९ सँगसँगै अघि बढ्न कोभिड अनुकूलताका कार्ययोजना बनाइ सेवा सुचारु गर्नुपर्ने माग व्यवसायीको छ । सरकारले गम्भीर भएर भदौ १६ गतेबाट पर्यटनसम्बद्ध सेवा सुचारु नगरेकामा आन्दोलनमा जाने चेतावनी व्यवसायीले दिएका छन् ।