काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शनिबार कुराकानी भएको छ । प्रधानमन्त्री ओलीले ७४ औं भारतीय स्वतन्त्रता दिवसको अवसरमा प्रधानमन्त्री मोदीलाई टेलिफोन गरी शुभकामना दिएका हुन् ।


ADVERTISEMENT


दुई प्रधानमन्त्रीहरु बीच भविष्यमा द्वीपक्षीय हितका विषयमा छलफललाई जारी राख्ने कुरामा सहमति समेत भएको बुझिएको छ। उक्त अवसरमा ओली मोदीबीच कोरोनाविरूद्ध लडाइँमा मिलेर काम गर्नेबारे पनि छलफल भएको बताईएको छ ।


ADVERTISEMENT

# # #


उक्त कुराकानीबारे परराष्ट्र मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएको हो। जसमा प्रधानमन्त्री ओलीले नेपालका तर्फबाट भारत सरकार र जनतालाई स्वतन्त्रता दिवसको अवसरमा शुभकामना र बधाई दिएको उल्लेख छ।

प्रधानमन्त्री ओलीले मोदीलाई संयुक्त राष्ट्र संघको सुरक्षा परिषदको स्थायी सदस्य भएकोमा बधाई समेत दिएका थिए ।

https://indianepalfriendship.com/