काठमाडौँ — भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका छन् । भारतीय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका धोनीले शनिबार साँझ इन्स्टाग्राममा एउटा पोस्ट गर्दै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको घोषणा गरेका हुन् ।


ADVERTISEMENT


उनले लेखेका छन्, ‘अहिलेसम्मको माया र समर्थनका लागि धन्यवाद । ७ : २९ बजेपछि मलाई रिटायर्ड खेलाडीका रुपमा लिनुहोला ।’ तर उनले कुन फर्म्याटबाट सन्यास लिएको हो भन्ने कुरा भने खुलाएका छैनन् । भारतीय सञ्चारमाध्यमहरुले भने धोनीले सबै फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएको जनाएका छन् ।


ADVERTISEMENT

# # #


उनले आफ्‍नो करियरको विभिन्‍न आरोह-अवरोहलाई ‘मैं पल दो पलका शायर हूं’ गीतसहितको भिडियो बनाएर सेयर गरेका छन् ।