काठमाडौँ — भारतीय क्रिकेटर सुरेश रैनाले पनि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । पूर्वकप्तान महेन्द्र सिहं धोनीले सन्यासको घोषणा गरेको एक घन्टा बित्‍न नपाउँदै ३३ वर्षीय रैनाले यो निर्णय लिएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन् ।


ADVERTISEMENT


इन्स्टाग्राममा उनले धोनीसँग खेल्नु आफ्नो खेल जीवनको सुःखद पक्ष रहेको उल्लेख गर्दै उनीसँगै खेलबाट सन्यास लिन पाउँदा आफूलाई गौरव महसुस भएको बताएका छन् । उनले सबै समर्थकलाई पनि धन्यवाद पनि दिएका छन् ।


ADVERTISEMENT

# # #


रैनाले सन् २००५ मा श्रीलंक विरुद्धको खेलमा एकदिवसीय खेलबाट करिअरको सुरुवात गरेका थिए । उनी त्यसबेला १९ वर्षका थिए ।

उनले तीनै प्रकारको अन्तर्राष्ट्रिय क्रिकेटमा शतक पूरा गर्ने पहिलो भारतीय क्रिकेटको रुपमा कीर्तिमान कायम राखेका छन् । सन् २०११ मा धोनीको कप्तानमा भारतले विश्वकप जित्दा उनी पनि उक्त टिममा सहभागी थिए ।

रैनाले भारतीय टिमबाट २२६ एकदिवसीय खेलमा ५ हजार ६ सय १५ रन बनाएका छन् । जसमा ५ शतक र ३६ अर्धशतक सम्मिलित छ । त्यस्तै ७८ वटा ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार ६ सय ५ रन बनाएका छन् । ट्वान्टी-२० मा एक शतक र ५ अर्धशतक प्रहार गरेका छन् ।