काठमाडौँ – पछिल्लो समय नेपालमा कोरोना संक्रमणका बिरामी बढ्दै गएकोमा ५४ जनाले कोरोना वीमा दाबी लिएका छन् ।


ADVERTISEMENT


नेपाल बीमक संघको पछिल्लो तथ्यांकअनुसार हालसम्म ६ हजार बढीले कोरोना बीमा गरेका छन् । जसमध्ये शुक्रवारसम्म १९५ जनाले बीमा दाबी गरेकामा ५४ जनाको आवश्यक प्रक्रिया पूरा गरी भुक्तानी गरिएको हो । बीमक संघका महासचिव चंक क्षेत्रीले थप १४१ जनाको भुक्तानीको प्रक्रिया अघि बढाइएको बताए ।


ADVERTISEMENT

# # #


बीमालेखअनुसार आम मानिसले रु. १ लाख र रु. ५० हजारको बीमांकमा कोरोना बीमा गर्न सक्छन् । यस्तो बीमा गरिएको १४ दिनपछि बीमा गरिएको व्यक्तिमा कोरोना संक्रमण पुष्टी भएमा आवश्यक प्रक्रिया पूरा गरी बीमा दाबी गर्न सकिन्छ ।