काठमाडौँ – दुई महीना लामो परीक्षणपछि गत साता नियामक निकायबाट अनुमति पाएको कोरोना संक्रमण विरुद्धको भ्याक्सिन ‘स्पुतनिक भी’को उत्पादन शुरु भएको छ । रुसको निजी क्षेत्रको समाचार एजेन्सी इन्टरफ्याक्सकाअनुसार शनिवारदेखि सो भाइरसको उत्पादन शुरु गरिएको हो ।


ADVERTISEMENT


अहिले विश्वभर ३० भन्दा बढी भाइरसको मानव परीक्षण भइरहेकोमा नियामक निकायबाट अनुमति पाइ उत्पादन शुरु गरिएको यो पहिलो कोरोनाविरोधी भ्याक्सिन हो । समाचारअनुसार अगस्ट महीनाभित्रमा हजारौँको संख्यामा प्रयोग गर्नेगरी भ्याक्सिन उत्पादन शुरु गरिएको हो ।


ADVERTISEMENT

# # #


खोपको क्लिनिकल प्रयोगका लागि लामो समयसम्म यसको अध्ययन गुर्नपर्ने हुन्छ । तर २ महीनाभन्दा छोटो समयमा नियामक निकायले अनुमति दिई क्लिनिकल प्रयोगको तयारी थालेकोमा विश्वका केही वैज्ञानिकले भ्याक्सिनको सुरक्षालाई लिएर विश्वभरबाट केही वैज्ञानिकहरुले चिन्ता व्यक्त गरेका छन् ।

–एजेन्सी