चितवन –   भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा श्रीराम तिवारीसहित तीन जना चिकित्सकलाई कोरोना संक्रमण भएको छ ।
अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले अस्पतालका मेसु डा तिवारीलाई संक्रमण पुष्टि भएको जानकारी दिए । आइबार विहान भरतपुर अस्पतालको फेसबुक पेजमार्फत जानकारी गराउँदै अध्यक्ष डा।अधिकारीले मेसुसहित प्रसूति विभागका प्रमुख डा सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सकमा पनि कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । उनले अस्पतालमा कार्यरत अर्का एक स्वास्थ्यकर्मीमा पनि कोरोना संक्रमण पुष्टि भएको बताए ।


ADVERTISEMENT


यसरी शनिबार गरिएको परीक्षणमा सरकारी अस्पतालका मात्रै तीन चिकित्सक र एक स्वास्थ्यकर्मीसहित चार जनामा संक्रमण पुष्टि भएको छ ।
अस्प्तालका अध्यक्ष डा अधिकारीका अनुसार संक्रमण पुष्टि भएका चार जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभयो । अस्पतालका मेसु डातिवारी अहिले अस्पतालकै एउटा क्याबिनमा बस्नु भएको छ । डा तिवारी कोरोना संक्रमितका बिरामीको व्यवस्थापनका लागि अहोरात्र खटिदै आएका थिए ।


ADVERTISEMENT

# # #