सुनसरी — बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानस्थित कोभिड–१९ अस्पतालमा उपचाररत ५० वर्षीया एक महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । एक सातादेखि उच्च ज्वरो, खोकी र श्वास–प्रश्वासमा समस्या आएपछि साउन ३१ गते राति प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको हो ।


ADVERTISEMENT