काठमाडौँ – प्रहरीले एक महिलालाई जबरजस्ती करणी गरेका अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१४ कलंकीस्थित जगदम्बा गजुरमुखी गेष्ट हाउसमा बस्ने कीर्तिपुरका १९ वर्षीय सबिन मानन्धर रहेका छन् ।


ADVERTISEMENT


प्रहरीका अनुसार मानन्धरले फेसबुक मार्फत चिनजान भएकी ती महिलालाई ललाई फकाई प्रलोभनमा पारी होटलमा बोलाएर साउन २९ गते जबरजस्ती करणी गरेका हुन् ।


ADVERTISEMENT

# # #


प्रहरीले सबिनलाई शनिबार कीर्तिपुरबाट पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।