एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भाइ रोबर्ट ट्रम्पको निधन भएको छ । स्थानीय समय अनुसार शनिबार न्युयोर्कस्थित एक अस्पतालमा उनले देहत्याग गरेको अधिकारीहरुले जनाएका छन् ।


ADVERTISEMENT


आफ्ना भाइको निधन भएपछि शोक वक्तव्य प्रकाशित गर्दै उनले आफ्नो भाइलाई गुमाउनु पर्दा मन गह्रुङ्गो भएको उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले दिवंगत रोबर्ट आफ्ना लागि भाइ मात्रै नभई सवैभन्दा राम्रो साथी भएको स्मरण गरेका छन् । उनले भाइलाई गुमाउनु पर्दा अत्यन्त गाह्रो भएको र चाडै उनीसँग फेरी भेट हुने विश्वास पनि व्यक्त गरेका छन् । भाइको याद मनभरी ताजा रहीरहने उल्लेख गर्दै उनले भाइको आत्माको शान्तिको कामना पनि वक्तव्यमा गरेका छन् ।

पछिल्लो केही समयदेखि विरामी अवस्थामा रहेकाले उपचार गराइरहेका राष्ट्रपतिका भाई रोबर्ट ७२ वर्षको थिए । उनको रोग र समस्याका बारेमा भने सार्वजनिक गरिएको छैन ।

उनी ट्रम्प संगठनका कार्यकारी उपाध्यक्षको रुपमा सक्रिय थिए भने राष्ट्रपति ट्रम्पका मुख्य सहयोगी र विश्वास पात्र थिए ।