काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६४१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार २४७ जनाको पीसीआर टेस्ट भएको छ । हाल क्वारेन्टिनमा १५ हजार २४३ जना रहेका छन् भने ९ हजार २२१ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।


ADVERTISEMENT

# # #


कुल संक्रमित मध्ये १०४ जनाको मृत्यु भएको छ । हालसम्म १७ हजार २०१ जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो संख्या कूल संक्रमितको ६५.० प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा १३४ जना निको भएका छन् ।