काठमाडौँ – प्रहरी केन्द्रिय अनुसन्धान ब्यूरो (सीआईबी)का नाममा ठगी गर्न खोज्ने एक पत्रकार फक्राउ परेका छन् ।


ADVERTISEMENT


प्रहरीले सीआईबीका नाममा एक व्यवसायीबाट करिब ५ लाख ठगी गर्न खोजेको आरोपमा धादिङ घर भई काठमाडौँको नेपालटार बस्ने शंकर प्रसाद अधिकारीलाई बसुन्धराबाट बिहीबार पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


सीआइबीका प्रवक्ता एसपी बेल बहादुर पाण्डेका अनुसार अभियुक्त अधिकारीले एक व्यवसायीलाई उनका नाममा अख्तियारमा मुद्दा परेको, मुद्दा सदर भएर पक्राउका लागि सीआइबीमा पत्राचार भएको र उक्त मुद्दा हेर्ने सीआइबीका इन्सपेक्टरले मुद्दा रद्द गर्नका लागि ५ लाख माग गरेको भन्दै ठगी गर्न खोजेका थिए ।

आफूलाई आलोचना साप्ताहिककको संवाददाता बताउने ३६ वर्षीय अधिकारीलाई प्रहरीले आवश्यक कारबाहीका लागि महानगरीय प्रहरी वृत्त महाराजगञ्ज पठाएको छ । उनले अन्य व्यक्तिलाई पनि ठगी गरेको हुनसक्ने भन्दै प्रहरीले अनुसन्धान गरिरहेको एसपी पाण्डेले जनाएका छन् ।