काठमाडौँ – नेपालमा सार्वजनिक भएको १० दिनमै ७२ वटा टेल्जी इलेक्ट्रिक स्कुटर विक्री भएका छन् । दुई साता अघि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक महावीर पुनले सार्वजनिक गरेको उक्त ब्राण्डको स्कुटरको ‘सोल्डआउट’ भएको हो ।


ADVERTISEMENT


नेपालका लागि टेल्जी मोटर्सको आधिकारिक विक्रेता कम्पनी यम मा ई मोटर्स प्रालिका निर्देशक सन्जिव शिल्पकारकाअनुसार टेल्जीका ३० वटा लायन र ४२ वटा टाइगर मोडलका स्कुटरको विक्री भएको हो ।


ADVERTISEMENT

# # #


नेपालमा सार्वजनिक हुनु अघिदेखि स्कुटरको बारेमा नै इन्क्वारी, अग्रिम बुकिङ शुरु भएको उनले बताए । पहिलो चरणमा ७२ वटा स्कुटर मात्र आपूर्ति गरिएकोमा माग अझैं रहेको उनी बताउँछन् । ‘आगामी एक महीनाभित्र थप एक मोडलसहित २ कन्टेनर स्कुटर आयात गर्ने प्रक्रिया अघि बढिसकेको छ,’ उनले बताए ।