काठमाडौँ – संघीय संसद्को लोगोमा नक्शा नमिलेको र अनावश्यक जलपले लोगो भद्दा देखिएको भन्दै संसद् सचिवालयले लोगो निर्माणकार्तालाई फिर्ता गरेको छ । संघीय संसद सचिवालयले डिजाइनअनुसारको लोगो तयार नभएपछि घरेलु तथा साना उद्योग कार्यालय ललितपुरलाई उक्त लोगो फिर्ता गरी सुधार र परिमार्जनसहित नयाँ बनाउन निर्देशन दिएको हो ।


ADVERTISEMENT


सचिवालयले गत असार २१ गते ३५० थान संघीय संसद्को ब्याच पिन बनाउने जिम्मा कार्यालयलाई दिएको थियो । उक्त कार्यालयले टेकवीर मुखियालाई उक्त लोगोको डिजाइन बनाउन दिएकोमा मुखियाले बनाएको डेमोलाई नै फाइनल गरी कार्यालयले त्यसमा थप भद्दा लेपन गरेर सचिवालयमा पठाएको थियो । त्यसपछि स्वयं मुखिया समेतबाट गरी उक्त लोगोको चौतर्फी आलोचना भएकोपछि सचिवालयले लोगो फिर्ता गरिएको हो । लोगोमा सुधार गरी परिमार्जनसहितको लोगो बनाउन कार्यालयलाई भनिएको सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले बताए ।


ADVERTISEMENT

# # #


लोगो विवाद र फेरि निर्माण गर्न फिर्ता गरिएको बारे संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले जारी गरेको विज्ञप्तिः