काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)को अग्रपंत्तिमा रहेर राष्ट्र सेवा गर्ने सम्पूर्ण प्रहरी कर्मचारीहरुको कोरोना बीमा गरिएको छ ।


ADVERTISEMENT


साउन २९ गते नेपाल प्रहरीमा रुजु हाजिर रहेका सबै प्रहरी कर्मचारीको एक लाख रुपैयाँसम्मको कोरोना बीमा संस्थानमा बीमा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । बीमा दाबी बीमा गरिएको १५ दिनपछि अथार्त आगामी भदौ १२ गतेपछि मात्रै बीमा भुक्तानी दाबी गर्न पाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


अब भदौ १२ गतेभन्दा पछि कोरोना संक्रमण पुष्टि भएका प्रहरी कर्मचारीले १ लाख रुपैयाँ कोरोना बिमावापत पाउने भएका छन् । त्यो भन्दा अघि कोरोना संक्रमण देखिएका प्रहरी कर्मचारीहरुको सेवा सुविधाबारे भने नेपाल सरकारको निर्णय बमोजिम हुनेछ ।

यसमा प्रहरी प्रधान कार्यालयले समेत उच्च प्राथमिकतामा राखेर उचित निर्णय लिनसक्ने नेपाल प्रहरीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) कुवेश कठायतले जानकारी दिएका छन् ।