काठमाडौँ – नेपालमा गत २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । जसमध्ये १ जना महिला र १० जना पुरुष रहेका छन् ।


ADVERTISEMENT


मृत्यु हुनेमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौँ, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्यूठानका १–१ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यससँगै नेपालमो कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १३७ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २५० जना निको भएका छन् । यससँगै निको हुनेको संख्या १८ हजार २१४ जना पुगेको प्रवक्ता डा. गौतमले जनाएका छन् ।

शनिबारसम्म पीसीआर विधिबाट ४ लाख ७९ हजार ८९९ परीक्षणहरु गरिएका छन् । त्यसैगरी २४ घन्टामा २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १३ हजार ५७९ वटा पीसीआर परीक्षण भएका छन् ।

हाल क्वारेन्टिनमा १२ हजार २३४ जना रहेका छन् भने १२ हजार १३२ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।