काठमाडौं – पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । जसमध्ये १८२ जना महिला र ४५२ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT


यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३१ हजार ११७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार ५१९ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ५ लाख ९२ हजार ४१८ वटा पीसीआर परीक्षण गरिएको छ ।

सम्बन्धित समाचार
– काठमाडौँ उपत्यकाका २१६ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?
– गत २४ घण्टामा कोरोनाबाट थप ९ जनाको मृत्यु, १३६ निको भए

हाल क्वारेन्टिनमा ११ हजार ६५८ जना रहेका छन् भने १२ हजार ६२१ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् । ३ हजार ९१६ जना होम आइशोलेसनमा रहेका छन् भने ८ हजार ७०५ जना संस्थागत आइशोलेसनमा छन् ।

हालसम्म १८ हजार ३५० जना निको भएको प्रवक्ता डा. गौतमले जनाएका छन् । यो कुल संक्रमितको ५९ प्रतिशत हो । पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् ।

कुल संक्रमित मध्ये १४६ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ९ जना संक्रमितको मृत्यु भएको छ ।