काठमाडौँ – नेपालमा गत २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । जसमध्ये १ जना बालिका र ८ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT


मृत्यु हुनेमा सुनसरीका एक ६ वर्षीय बालिका र ६७ वर्षीय एक पुरुष, पर्साका ६१, ५८ र ४८ वर्षीय ३ जना पुरुष, बाराका ५८ वर्षीय एक जना पुरुष, सिरहाका ६८ वर्षीय एक जना पुरुष, मकवानपुरमा ५६ वर्षीय १ जना पुरुष, र भक्तपुरमा एक जना ७३ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यससँगै नेपालमो कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १४६ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा १३६ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या १८ हजार ३५० जना पुगेको प्रवक्ता डा. गौतमले जनाएका छन् ।

सम्बन्धित समाचार
– थप ६३४ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ३१ हजार नाघ्यो
– काठमाडौँ उपत्यकाका २१६ जनामा कोरोना पुष्टि, कुन जिल्लामा कति थपिए ?

पछिल्लो २४ घण्टामा देशभरका ३९ वटा प्रयोगशालामा १२ हजार ५१९ वटा पीसीआर टेस्ट भएको छ । हालसम्म ५ लाख ९२ हजार ४१८ वटा को पीसीआर परीक्षण गरिएको छ ।

हाल क्वारेन्टिनमा ११ हजार ६५८ जना रहेका छन् भने १२ हजार ६२१ जना आइशोलेसनमा अर्थात् सक्रिय संक्रमित रहेका छन् ।