काठमाडौँ – भारतको चर्चित ई–कमर्श कम्पनी ‘फ्लिपकार्ट’ सस्तो डिलसँग सहकार्य गरी नेपाल भित्रिएको छ । फ्लिपकार्टले भारतमा विक्री गरिरहेका सामान सस्तोडिलमार्फत अर्डर गरेर होम डेलिभरी पाउन सकिने गरी उक्त कम्पनी नेपाल भित्रिएको हो ।


ADVERTISEMENT


 

कोभिड– १९ को बढ्दो संक्रमणबाट जोगिन र निशेधाज्ञा जारी भएको वेला उपभोक्ताले अनलाइनमार्फत १०० भन्दा बढी सामान होम डेलिभरीका लागि अर्डर गर्न सक्नेछन् । नेपालमा डिजिटल सेल्स गरिरहेका ई–कमर्श कम्पनीहरुबीच यसले प्रतिस्पर्धा गर्ने दाबी कम्पनीको छ ।


ADVERTISEMENT

# # #


 

सस्तोडिलसँगको फ्लिपकार्टको रणनीतिक साझेदारीपछि उपभोक्ताले भारतीय सामानहरु सहजै खरीद गर्न सक्नेछन् ।
मोबाइल फोन, ह्वाट्सएप, भाइबर, वेबसाइट, पेज लगायतको माध्यमबाट सस्तो डिलमार्फत उपभोक्तहरुले बेबी केयर गुड्स, इलेक्ट्रोनिक डिभाइस, फिटनेस र खेलकुदका सामाग्री, खाद्यान्न, लुगा÷कपडा, निर्माण सामाग्री, भान्साका सामान, इलेक्ट्रोनिक्स वस्तु, तरकारी लगायतका १०० भन्दा बढी दैनिक उपभोग्य सामानको खरीद गर्न सक्ने कम्पनीले बताएको छ ।