काठमाडौँ – आइतवार काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा विद्युत् कटौती हुने भएको छ । पुल्चोक वितरण केन्द्रको टेकु फिडरबाट वितरित ११ केभी लाइनमा नयाँ फिडर तान्न लागिएकाले विद्युत् प्राधिकरणले विद्युत् कटौती गर्न लागेको हो ।


ADVERTISEMENT


 

बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म नयाँ फिडरको काम हुने स्थानमा विद्युत् कटौती हुने प्राधिकरणका सूचना अधिकारी लिलाकुमारी अर्यालयले बताइन् । उनकाअनुसार बागडोल क्षेत्र आसपास, सनराइज टावर आसपास तथा सानेपाम चक्रपथ क्षेत्र, खाद्य गोदामलगायतका क्षेत्रमा आज विद्युत् कटौती हुनेछ ।


ADVERTISEMENT

# # #


 

तोकिएको समयभन्दा अगाबै काम सकिएमा ३ बजेभन्दा अघि नै ती स्थानमा विद्युत् आपूर्ति हुने उनले बताइन् ।