काठमाडौँ – विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले बालबालिकाका लागि मास्क लगाउनुपर्ने नयाँ नियम जारी गरेको छ । कोभिड–१९ भाइरसको संक्रमणबाट बच्न १२ वर्षभन्दा मुनिका बालबालिकाका लागि डब्लूएचओले मास्कको नयाँ नियम जारी गरेको हो ।


ADVERTISEMENT


डब्लूएचओकाअनुसार बालबालिकाबाट कोभिडको संक्रमण कत्तिको फैलिन्छ भन्ने स्पष्ट नभएको भन्दै नयाँ नियम सार्वजनिक गरेको हो । नियमअनुसार ६ वर्षदेखि १२ वर्षसम्मका बालबालिकाले ६० वर्षमाथिका वृद्धले जस्तै मेडिकल मास्क लगाउनुपर्दछ । बयस्क उमेरका मानिसले कपडाको मास्क लगाउनुपर्ने बताएको डब्लूएचओले ६० वर्ष माथि र सो उमेरसमूहका बालबालिकाले अनिवार्य मेडिकल मास्क लगाउनुपर्ने नियम सार्वजनिक गरेको हो ।


ADVERTISEMENT

# # #


डब्ल्युएचओले पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई भने मास्क नलगाउन आग्रह गरेको छ ।