सर्लाही – प्रहरीले आफ्नै आमाको हत्या गरेको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पउक्रा पर्नेमा लालबन्दी नगरपालिका–२ पुनर्वास टोल बस्ने ३२ वर्षीय राजबीर पासवान रहेका छन् ।


ADVERTISEMENT


प्रहरीले पासवानलाई शनिबार राति पक्राउ गरेको हो । पासवानले मादक पदार्थ सेवन गरी आफ्नै आमा ५० वर्षीया उर्मिला पासवान र बुवा ५५ वर्षीय उपेन्द्र पासवानलाई ढुङ्गा प्रहार गर्दा आमाको टाउकोमा चोट लागेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।


ADVERTISEMENT

# # #


टाउकोमै चोट लागेर गम्भीर घाइते भएका बाबु उपेन्द्रको मनिषा हेल्थ केयर नवलपुरमा उपचार भइरहेको छ । घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय नवलपुर र ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीले राजबीरलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।