काठमाडौँ – सिभिल बैंक लिमिटेडले सर्वाधिक ब्याजदर पाइने बचत खाता योजना ‘प्रिमियम बचत खाता’ ल्याएको छ । बैंकले बचत खातामा वार्षिक ६ प्रतिशत ब्याजदर प्रदान गर्नेछ ।


ADVERTISEMENT


यस वचत खाताको न्युनतम मौज्दात रु १० हजार रहेको छ भने यस बचत खाता खोल्दा बैंकले ग्राहकहरुका लागि निःशुल्क इन्टरनेट बैंकिङ, एटीएम कार्ड, एसएमएस बैंकिङ् सेवा पनि प्रदान गर्ने बैँकले जनाएको छ । यसको अतिरिक्त बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा पनि ८.७५ प्रतिशतको सर्वाधिक ब्याजदर प्रदान गर्दै आईरहेको छ ।


ADVERTISEMENT

# # #


अन्य वित्तीय संस्थाहरुद्वारा निक्षेपमा प्रदान गरिएको न्यून ब्याजदरको तुलनामा ग्राहकको मेहनतको कमाईलाई कदर गर्दै आकर्षक ब्याज प्रदान गरिएको कारणले ग्राहकहरु लाभान्वित हुने कुरा बैंकले जनाएको छ । सिभिल बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई आगामी दिनमा थप यस्तै आकर्षक सेवा÷योजनाहरु प्रदान गर्दै जाने पनि बताएको छ ।