रुस, चीन र बेलायतले बनाएका कोरोना विरुद्धका भ्याक्सिनको परीक्षण नेपालमा पनि हुने भएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परीषद्ले यसको प्रक्रिया थालेको परिषद्का सदस्य सचिव डा. प्रदीप ज्ञवालीले बताए ।


ADVERTISEMENT


यी तीनटै भ्याक्सिनको दुईपटक परीक्षण भई तेस्रो अर्थात क्लीनिकल परीक्षणको चरणमा छन् । ज्ञवालीले क्लीनिकल परीक्षणको चरणमा रहेका यी भ्याक्सिनहरूको नेपालमा पनि परीक्षणका लागि परिषद्ले तयारी थालेको बताए । ‘कम्पनीहरु पनि नेपालमा परीक्षणका लागि सकारात्मक देखिएका छन्, प्रक्रिया अगाडि बढाइएको छ,’ उनले भने ।


ADVERTISEMENT

# # #


चीनले नेपालमा १ हजार भ्याक्सिनको परीक्षण गर्न इच्छा देखाएको बताउँदै उनले अन्य कम्पनीसँग पनि आवश्यक प्रक्रिया अघि बढाइएको बताए ।

एजेन्सीहरुकाअनुसार अहिलेसम्म करीब २ सय कोरोनाविरुद्धका भ्याक्सिन परीक्षणकोविभिन्न चरणमा छन् । चीन, रुस र बेलायतको अक्सफोर्ड विश्वविद्यालयले बनाएको भ्याक्सिनसहित विश्वभर ७ वटा भ्याक्सिन क्लिनिकल परीक्षणको चरणमा रहेका छन् । रुसले तेस्रो चरणको परीक्षणविना यस अघि नै अनुमति दिइसकेको छ ।