काठमाडौँ– टेस्ला एयर कन्डिसनले आगामी एक महीनाभित्रमा नयाँ मोडलका ३ एसी ल्याउने तयारी गरेको छ । कम्पनीले जापानिज कम्प्रेसरसहितको एसी ल्याउने तयारी गरेको हो ।


ADVERTISEMENT


जापानिज ब्राण्ड भएपनि ती एसीमा नेपालका पर्यटकीय गन्तव्यका फोटाहरु राखिएने भएकाले नेपाली ब्राण्डको अनुभूति मिल्ने कम्पनीले बताएको छ । कम्पनीकाअनुसार यी एसीमा जडान हुने तारहरु १०० प्रतिशत नै तामाले बनेका हुनेछन् ।
नयाँ मोडलका एसीले आधा घण्टाभित्र कोठाको तापक्रम ठीक पार्ने दाबी कम्पनीको छ । टेस्ला एसी उत्पादन गर्ने नेपाली ब्राण्ड हो, जसले नेपाली ब्राण्डको ए.सी. बनाएर नेपालमा बिक्री वितरण गर्दै आएको छ।


ADVERTISEMENT

# # #


नयाँ मोडलका एसीको मूल्य नेपाल भित्रिसकेपछि सार्वजनिक गरिने कम्पनीले बताएको छ ।