काठमाडौँ – सरकारले कोभिड–१९ को संक्रमण बढ्दै गएपछि तीन तहको अस्पताल संरचना खारेज गरी देशभरका सबै अस्पताललाई कोभिड अस्पताल घोषणा गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड १९ को रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले सरकारले यसअघि बनाएको तीन तहको संरचना खारेज गर्ने निर्णय गरेको हो ।


ADVERTISEMENT


सोमवार मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले यसअघि वर्गिकरण गरिएका लेभल वान, टू र थ्री लगायत सबै अस्पताललाई कोभिड अस्पतालमा परिवर्तन गरिएको बताए । उनकाअनुसार अब नियमित सेवा प्रवाह भइरहेका सबै किसिमका अस्पतालले कोरोना संक्रमित बिरामीलाई सेवा पनि दिनुपर्नेछ । गौतमकाअनुसार केन्द्रीय, शिक्षण, प्रादेशिक, जिल्ला अस्पताल र निजी गरि सबैलाई कोभिड अस्पतालमा परिणत गरिएको छ । यस निर्णयसँगै सबै खाले अस्पतालले कोभिड र ननकोभिड दुईवटा छुट्टाछुट्टै व्यवस्थापन गरी सेवा सञ्चालन गर्नुपर्नेछ ।


ADVERTISEMENT

# # #