– कर्ण बहादुर शाही, शिक्षाविद्

महामारीका रुपमा फैलिएको कोरोना भाइरसले विश्वलाई नै प्रभावित पारिरहेको छ । यसलाई तपाईंले कसरी अध्ययन गर्नुभएको छ ?


ADVERTISEMENT


पहिलो कुरा त यो महामारी नभईकन महाआतंक हो । यसको पछाडिका कारण हामीले विज्ञान र तथ्यलाई आधार मान्ने हो । अहिले जो कोहीले पनि यो महाआतंकको खेल खेल्दैछन् । विश्वमा एउटा तथ्याङ्क छ । नेपालमै पनि प्रत्येक घण्टा, मिनेट, सेकेण्डमा त्यसको अपडेट आइरहेको हुन्छ । स्वास्थ्य मन्त्रालयको प्रवक्ताले दैनिक बोलिराख्नु भएको छ । यो तथ्याङ्क तपाईंले हेर्नुभयो भने मरेको, संक्रमित भएको तथ्याङ्कलाई ठूलो स्वर लगाएर बोलिन्छ । तर, उहाँहरुले दबाई बिना नै निको भएकाहरुको चर्चा गर्नुहुन्न ।


ADVERTISEMENT

# # #


विश्वमा अहिले संक्रमित २ करोड ३८ लाख बढी संक्रमित देखाइएको छ । त्यसमध्ये १ करोड ६२ लाख बढी संक्रमित उपचारबिना नै निको भएको अवस्था छ । बाँकी संक्रमित जति छन्, त्यसमा पनि १ प्रतिशत मात्रै गम्भीर हुने भन्ने तथ्याङ्क छ । नेपालको कुरा गर्दा ३३ हजार मध्ये १९ हजार बिना उपचार निको भएका छन् । उनीहरु तातोपानी खाएरै निको भयौं भनिरहेका छन् । तातोपानी खारै निको भएका ती १८ हजारलाई सुन्नु पर्दैन ?

९९ प्रतिशतलाई निको हुने रोगलाई महामारी भनेर यसरी ‘लक’ नै गर्नुपर्ने अवस्था हो त ? यो भन्दा खतरनाक, यो भन्दा डरलाग्दा अन्य भाइरस हामीसँग छन नि ! अन्य सरुवारोगबाटै अहिले ४५–४६ हजार मान्छे मर्छन् । यो ६–७ महिनामा ती रोगबाट ९० लाखदेखि १ करोड जना मरिसकेको तथ्याङ्कले देखाउँछ । त्यो बारेमा हामीले चर्चा गर्नु पर्दैन ? यो भन्दा डरलाग्दा भाइरस–ब्याक्टेरियाबारे जान्नुबुझ्नु पर्ने हाम्रो अधिकार होइन ? मेरो तर्क के हो भने अरु डरलाग्दा रोगहरु मुटु रोग, क्यान्सरले मर्नेको संख्या धेरै छ । यो तथ्याङ्क हेर्ने हो भने दैनिक १ लाख ५० हजार मान्छे मर्ने रहेछन् ।

कोरोना आएपछिकै अवधिलाई मान्ने हो भने ३ करोड ५० लाख मान्छे मरिसकेका छन् । नेपालकै कुरा गर्ने हो भने अन्य कारणले दैनिक ४–५ सय मान्छे मर्छन् । यो बाहेक अहिले बाढी पहिरोमा परेर कति मान्छे मरे ? कति घरबारविहीन भए ? त्यो जीवनको महत्व छैन ? अर्को तथ्याङ्कलाई हेर्नुहोस्, प्रहरीकै रिपोर्ट अनुसार यो बीचमा २४–२५ सय मान्छेले आत्महत्या गरेका छन् । अघिल्ला वर्षदिनमा मरेको भन्दा यो चार महिनाको संख्या दोब्बर हो भनिरहेका छन् । अनि यी मृत्युहरुको चाहीं मूल्य छैन ?

कामै गर्न, घुम्न, डुल्न सारा कुरा प्रतिबन्धित गरिएको छ । अहिले उपचारका लागि स्वास्थ्यकर्मीहरुले पीपीई, मास्क र डाइपर लगाएर उपचार गरिरहेका छन् । उनीहरुको स्वास्थ्यको ख्याल गर्नु पर्दैैन ? सर्वसाधारणले पनि पूरै समय मास्क लगाइरहेका छन् । तर, दैनिक रुपमा तपाईंले यति घातक चिज लगाइसकेकपछि तपाईंको स्वास्थ्य के हुन्छ ? अहिले मरणासन्न अवस्थामा अस्पतालमा उपचारका लागि जाँदा पहिले पीसीआर रिपोर्ट खोजिन्छ । अनि पीसीआर रिर्पोट आउँदासम्म उसको उपचार नपाएर मृत्यु भइसक्छ । अनि रिपोर्ट पोजेटिभ आयो भने कोरोनाले मर्‍यो भन्नुहुन्छ । भनेको के भने तथ्यमा आएको कुरालाई नमान्ने, विज्ञानलाई नमान्ने ? हिजो पो हामी एक किसिमको परिकल्पनाबाट प्रेरित थियौँ । अहिले त अध्ययन अनुसन्धान भएका छन् । व्यवहारमा मान्छेहरुले अनुभव गरेका छन् । अनि ९९ प्रतिशत निको हुने रोगबाट डराउने ?

उसो भए यो सबै त्रास पछाडिको रहस्य के हो ? किन यसरी डरको हावा फैलाइयो ?

यो महामारी होइन भन्ने कुरा यसका तथ्याङ्कले नै पुष्टि गर्छ । अहिलेपनि यो भन्दा डरलाग्दा भाइरस हामीसँग छन् ।

जुन रोगबाट ९९ प्रतिशत निको हुन्छन् भने त्यो कसरी महामारी ? यसका पछाडि जुन किसिमका धन्दाहरु छन्, धन्दा किन भन्दा यति ठूलो डर पैदा गर्नुका पछाडि खेलहरु छन् ।

त्यसका कारण म तपाईंलाई भन्छु । एउटा कारण त जुन धन्दा गरियो, त्यसमा उहाँहरु सफल हुनुहुन्छ । नेपालकै कुरा गर्दा तपाईंहरुकै मिडियामा आएको समाचार अनुसार उपचारका नाममा १२ अर्ब जति हिनामिना भयो ।

तातोपानी खाएर, बेसार पानी खाएर सन्चो हुने रोग, संसारमा दबाई नै नखाएर १ करोड ६० लाख घर फर्किने रोग, ९९ प्रतिशतलाई केही नहुने रोगमा तपाईं १२ अर्ब खर्च गर्नुहुन्छ । १२ अर्बमा कुन अस्पताल बनेको छ ? कहाँ कुन संरचनामा लगानी भएको छ ?

तपाईंले नै समाचारमा दिनुहुन्छ, गण्डकी प्रदेशको एउटा अस्पतालमा दुईवटा संक्रमितको उपचार गरेको बिल अढाई करोड रुपैयाँ आएको छ । एउटा पक्ष यो छ । अर्को भनेको औषधि कम्पनीको यसमा ठूलो हात छ । एचआइभी एड्सको नाममा ४० वर्षदेखि करोडौँ मान्छे मरे ।  तर, सन् २०१८ मा आएर ‘यो फेक हो, एचआईभीका कारण एड्स हुने होइन, एड्स केही फरक छ’ भनेर ‘द ग्रेटेस्ट लाई अफ ट्वेन्टी फ्रस्ट सेन्चुरी’ (२१ औँ शताब्दीको सबैभन्दा ठूलो झुट) पुस्तक प्रकाशित भयो । रगत वा यौन सम्पर्कबाट सर्ने भन्ने कुरा फेक भन्ने प्रमाणित भएको छ । त्यसका बाबजुत पनि खोप त आजसम्म पनि बिक्रि भइरहेको छ । त्यसकारण आजको दिनसम्म उहाँहरु यो धन्धामा सफल भइसक्नु भएको छ ।

तपाईंले भन्नु भएजस्तै कसले चलाइरहेको छ त यो ‘धन्धा’ ?

यो त प्रमुख रुपमा औषधि कम्पनीहरु छन् । अनि बिश्व स्वास्थ्य संगठन पनि यसमा जोडिएको छ । हिजो स्वाइनफ्लूका बेला पनि एक किसिमले मिडिया क्याम्पियन, एच–वान एन–वानका कुराहरु गरेका हुन् । कहाँ गयो त अहिले एच–वान एन–वान ? त्यतीबेला ‘लकडाउन’जस्तो अप्रिय शब्द प्रयोग गरेका थिएनन् । तर, अहिले हौसिएर धन्धा गरिरहेका छन् । यसका पछाडी पनि दुईवटा कारण हुन्छन् । एउटा ‘विलिभ सिस्टम’ अर्थात् आस्था विश्वासको कुरा । तपाईंले डाक्टर वा मेडिकल क्षेत्रमा लागेको मान्छे भनिसकेपछि वा शिक्षक भनिसकेपछि भगवान् कै अवतार मान्नुहुन्छ । अनि डाक्टरले, शिक्षकले झुटो बोलेको कुरा कल्पना पनि गर्न सक्नुहुन्न । आज विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)लाई त्यसको नेतृत्वदायी संस्थाका रुपमा हेर्छौँ । तपाईंले २ हजार रुपैँया पर्ने औषिधिलाई १० हजार नै भनेपनि दोहोरो प्रश्न नगरेर किन्नुहुन्छ । यो प्रणालीमा हामी चलेका छौँ ।

डाक्टरले भनिसकेपछि, डब्ल्यूएचओले भनिसकेपछि सत्य नै हो भन्नेमा हामी गयौँ । तर यथार्थमा भन्दा यो धन्धा हो ।

तपाईंले लगानीको दृष्टिले हेर्नुहुन्छ भने अन्य सम्पूर्ण क्षेत्रले गर्ने लगानी भन्दा औषधि कम्पनीको लगानी बढी देखिन्छ । नेपालमा यस्तो नहोला, तर अमेरिकाको अर्थतन्त्रलाई औषधि कम्पनीले नेतृत्व गर्छ भनिन्छ ।

पैसाकै चलखेलले अब त तपाईंले शब्दहरु सुनिरहनुभएको छ, ‘शिल्ड’, लकडाउन, निषेधाज्ञा । तपाईंले त अब सास फेर्न पनि नपाउने !

अहिले पीसीआर परीक्षणका नाममा गैह्रकानुनी काम भएको छ, भ्रममा पार्ने काम भएको छ । किनभने पीसीआर भन्ने विधि अमेरिकाका ‘बायोकेमिस्ट’ डा. केरी बेंक्स मुलिसले १९८४ मा आविष्कार गरेका हुन् । उनले १९९३ मा ‘केमेस्ट्री’मा नोवेल पुरस्कार पाएका छन् । उनले आफ्नो पेपरमा यो अनुसन्धानका लागि मात्रै हो भनेका छन् । यही कुरालाई व्यवसायीकरण गरेर जबरजस्ती उपचारका लागि प्रयोग गरिँदैछ ।

यसको एउटा उदाहरण तपाईंलाई भन्छु, तान्जानियामा अहिले केमेस्ट्रीमा स्नातकोत्तर गरेका जोन म्यागुफुली भन्ने मान्छे राष्ट्रपति छन् । उनले यो बीचमा  एउटा अभ्यास नै के गरेछन् भने,  सबैले देख्ने गरी भेडा, बाख्रा, खसी, केरा, मेवा, फर्सी राखेछन् र सबैलाई पीसीआर गर्दा पोजेटिभ देखिएछ । त्यसपछि उनले तान्जानियामा रहेको डब्ल्यूएचओको अफिस नै बन्द गरिदिए । यस्तो गलत कुरालाई हामी अझै बोकेर हिंडिरहेका छौँ ।

हामी सबै डब्ल्यूएचओको कुरा मान्नु पर्छ भनिरहेका छौँ । तर सुरुका दिनदेखि नै लकडाउन नै नगरी सामान्य अवस्थामा फर्किएका देशहरु पनि छन् । अहिले एउटा भ्रम नै छरिएको छ कि खोप आउने बित्तिकै सारा संसारको दुःख सकिन्छ । तर, खोपको अँध्यारो पाटोको कुरा भएको छैन । खोप लगाको लगाकै गर्दा पनि प्रत्येक वर्ष मान्छे मरेकै छन् ।

विज्ञहरुले पनि बुझ्नुपर्ने कुरा के हो भने जतिसुकै खोपको कुरा गरेपनि कुनै पनि सरुवा रोगबाट उन्मुक्ति पाउने भनेकै मान्छेभित्रकै इम्युनिटी (रोग प्रतिरोधात्मक क्षमता)ले हो । इम्युनिटी बलियो बनाएपछि कसैले केही गर्न सक्दैन भन्ने कुरा थाहा पाइसकेपछि रोगलाई दबाउने नाममा अर्बौंको चलखेलमा जाने ?

भियतनामकै कुरा गर्दा उनीहरुले आफ्नै उपचार पद्दतीमा गएकाले अहिले कतिराम्रो नियन्त्रणमा आएको छ । यही कुरा चीनको पनि गरौँ । उनीहरुको पनि आफ्नै परम्परागत उपचार पद्धती छ । नेपालमा त हाम्रो आयुर्वेदिक संस्था नै छ । त्यो संस्थाले बोल्नु पर्दैन ? सय वर्ष अगाडि आधुनिक उपचार पद्धति नहुँदा मान्छे बाँचेका थिएनन् ? हाम्रो बाबुबाजेहरुले जीवन यापन गरेनन् ? साक्षरता कम थियो होला । तर, स्वास्थ्यका हिसाबले आफुलाई उहाँहरुसँग तुलना गर्नुहोस् त ! त्यसकारण हजारौँ किसिमका पद्धतिहरु यो संसारमा विद्यमान छन् । हामीले यो कुरा छलफल गर्नुपर्छ ।

हामीले हाम्रो पद्धतिमा जाने कि डब्ल्यूएचओले जे भन्यो त्यही ‘ठोक्ने’ ? तपाईं २ जनालाई मात्रै देखिँदा उच्च माध्यमिक शिक्षा परीक्षा (एसईई) नै स्थगित गर्नुपर्छ । रातारात लकडाउन गर्‍यौँ । तर, सयौँमा त देखिएको थिएन ! त्यो दिनमा मरेका त थिएनन् ! डब्ल्यूएचओकै मापदण्ड पालना गर्नुपर्छ भनेर त गरेको हो ।

डब्ल्यूएचओको अफिस नै बन्द गरेर लखेट्ने देश पनि त छन् । त्यो हेर्ने कि नहेर्ने ? जापानले नै डब्ल्यूएचओको मापदण्ड नमानेर लकडाउन नगरेको होइन ? अहिले जापानको जीवन शैली के छ हेर्नुहोस् त ? सामान्य छ । त्यही समयमा लकडाउन गरेका देशमा कतिजना मान्छे मरे ? हामी एउटा सम्प्रभू, सार्वभौम राष्ट्र भएकाले हाम्रा पनि त स्वतन्त्रता हुन्छन् !

अब कसरी जानु पर्छ ?

पहिलो कुरा त अमेरिकामा के हावा चल्यो, भारतको मोदीले के भन्छन् भनेर हामी चल्ने होइन । जसरी हामीले मुर्खतापूवर्क लकडाउन गर्दा अहिले अर्बौँअर्ब भ्रष्टाचारको कुरा आइरहेको छ । यसको खोजिनिती गरेर तथ्य बाहिर आउनुपर्छ ।

मान्छे हिंड्नै नपाउने, व्यापार व्यवसाय गर्नै नपाउने भन्ने र मूलधारका मिडियाले बोल्दै नबोल्ने, भन्दै नभन्ने कुराले गर्दा मान्छेमा भ्रम पैदा गरेको छ । यसलाई अन्त्य गर्नुपर्छ ।

हाम्रा लागि अहिले अवसर पनि छ कि पूर्विय दर्शनका हिसाबले नेपाल जननी मानिन्छ । आज संयुक्त राष्ट्र संघले योग दिवस मनाउँछ । त्यसका पछाडिको जननी त नेपाल हो नि ! यो देशमा आयुर्वेदिक उपचारका पद्धतिहरु छन् । आधुनिक उपचार पद्धतिमा कतिपय रोगमा डाक्टरले निको हुँदैन तर कम गर्छ भन्छन् । तर, हामीसँग कतिपय जडिबुटीहरु छन्, तिनले निको नै गर्छन् । यो हाम्रा लागि अवसर हो ।

अहिले अफ्रिकाका मदागस्कर, तान्जानिया, ब्रुन्डी लगायतका कतिपय देशहरु, भर्खरै अहिले रसियाले पनि आयुर्बेदिक अभ्यास गरिरहेको छ । तर रसियाको कुरा डब्ल्यूएचओले मानिरहेको छैन । किनकी उसलाई साँटगाँठ गर्नुछ !

हाम्रो आयुर्वेदिक र जडिबुटीको विशेषता के हो भन्नका लागि हाम्रो संस्था नै छ ।

आज मास्क लगाउनुहुन्छ, सामाजिक, भौतिक दूरीको कुरा गर्नुहुन्छ । त्यो कहिलेसम्म गर्ने ? के जिन्दगीभर मास्क लगाएर हिंड्ने ? जिन्दगीभर टाढै भएर बस्ने ? यो कहिलेसम्म गर्ने भनेर कसले भनेको छ ? कोरोना सकिएपछि अर्को भाइरस आउँदैन भन्ने ग्यारेन्टी के छ ? मास्क, सेनिटाइजर लाएकै कारण अर्को भाइरस आयो भने के गर्ने ?

मास्क तपाईंले दैनिक ३–४ घण्टा लगाउनुभयो भने यसले तपाईंलाई क्यान्सरसम्म गराउन सक्छ । शरीरको जतिपनि बिकार छ, त्यो पसिना, दिसा, पिसाबका रुपमा जति त्यो भन्दा बढी प्रभावकारी रुपमा हामीले सास फाल्ने कार्बनडाइअक्साइडबाट जान्छ । त्यही कुरालाई फर्काउनु भनेको दिसापिसाब फर्काएजस्तो भएन ?

भाइरसको कुरा गर्नुहुन्छ भने १०० न्यानोमिटरभन्दा सानो हुन्छ । संसारमा कुन त्यस्तो मास्क छ, जसको प्वाल ३ सय न्यानोमिटर भन्दा सानो छ ?  त्यो प्वालबाट भाइरस छिर्दैन भन्ने के ग्यारेन्टी छ ?

भ्रम छरेर मान्छेलाई डर देखाउने ? भ्रम पैदा गर्ने ? इम्यूनिटी भनेको त मान्छेको मनोबल पनि हो नि ? तर, अहिले मनोबल यसरी झारिएको छ कि कोरोना लाग्यो भन्दासाथ लासलाई बुझ्न दिइएको छैन । स्काभेटरले लास गाड्ने भइरहेको छ । मैँले के तर्क गर्न खोजिरहेको छु भने इम्यूनिटी नै त्यस्तो अचुक अश्त्र हो, जसको सहयोगमा मान्छेले कुनै पनि रोग विरुद्ध जित हासिल गर्छ ।

इम्यूनिटी बढाउने अभियान चलाउनु पर्दैन हामीले ? अब हामीले सामान्य जीवनयापनलाई बढवा दिएनौँ भने यसको कारण मर्नेको संख्या धेरै हुन्छ ।

कोरोना भाइरस एक कमजोर भाइरस हो भन्ने कुरा यसका तथ्यांकले प्रमाणित गरिसक्यो । यसले जीवनमा त्यती क्षति गर्दैन । तर, यसकै नाममा जति पनि फण्डा मच्चाइएको छ, त्यसले मान्छेको मानसिक स्वास्थ्य, अर्थतन्त्रलाई थला पार्छ । यी कुराहरुमा ध्यान दिनुपर्छ ।

अन्त्यमा भनिदिनुस् की अब गर्नुपर्छ चाहिँ के ?

हामीले कोरोनाबाट मर्नेको वा संक्रमित हुनेको भन्दा निको हुनेको तथ्यांक हेनुपर्छ । सकारात्मक कुराहरु सुन्ने गर्नुपर्छ । दोस्रो कुरा आफ्नो कोही नजिकको मान्छेलाई कोरोना संक्रमण भयो भने कोरोना भनेको केही पनि होइन भन्ने सोच बनाउनु पर्छ ।

तुर्केमिनिस्तानमा अहिले कोरोनाको नामै लिन नपाउने, मास्क लगाए कारवाही गरिन्छ ।

सावधानी अपनाऔँ । तर, कोरोना एक कमजोर भाइरस हो, यो भन्दा डरलाग्दा भाइरस पनि छन् भन्ने मानसिकता राख्नुपर्छ । रेबिजको ९८ प्रतिशत मृत्युदर छ । क्षयरोगको मृत्युदर ४३ प्रतिशत छ । स्वाइन फ्लूको १० प्रतिशत छ । कोरोनाको त बढीमा १ प्रतिशत छ । यो कुरालाई पनि हामीले बुझ्नुपर्‍यो ।

कसैलाई भइहाल्यो भने आत्तिनु पर्दैन । मनोबल उच्च बनाउने, तातोपानी खाने, क्याल्सियम, भिटामिन बढाउने । भारतमा विश्वरुप राय चौधरीले तीनदिने प्याकेज बनाउनुभएको छ । २५ हजार मान्छेलाई उहाँले निको पार्नुभएको छ । नेपालकै कुरा गर्दा डा. पूर्ण शाही हुनुहुन्छ । वैकल्पिक उपचारमा लागेका साथीहरुले विकल्प दिनुभएको छ । जहाँ पैसा लाग्दैन । घरमै बसेर कागती पानी, बेसार पानी, अदुवा पानी र निश्चित कुरा अपनाउँदा सजिलै जाने कुरामा हामी डर मान्नु पर्दैन । तर, पीसीआरको भुलभुलैयामा जानुभयो भने मृत्यु नजिक जानुहुन्छ । मनोबल उच्च बनाएर सन्त्रासको वातावरणबाट माथि आउने हो भने ९९ प्रतिशत हामी कसैलाई पनि कोरोनाले छुनै सक्दैन ।

अडियो सुन्नुहोस् :