काठमाडौँ – केही समयअघि प्रधानमन्त्री केपी शर्मा ओलीले बेसार औषधिय गुण भएको र यसले कोरोना रोक्न मद्दत गर्ने बताएपछि चर्चाको विषय बनेको बेसारको आयात बढेको छ । प्रधानमन्त्रीको उक्त अभिव्यक्तिको चौतर्फी बिरोध भएपनि आन्तरिक बजारमा बेसारको माग ह्वात्तै बढेपछि आयात बढेको हो ।


ADVERTISEMENT


 

भन्सार विभागले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार साउनमा मात्र नेपालमा २ अर्ब ८१ करोडको बेसार आयात भएको छ, जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २ अर्ब ७९ करोडले बढी हो । विभागकाअनुसार गत वर्ष यही अवधिमा नेपालमा २ करोड ५८ लाखको मात्रै बेसार आयात भएको थियो ।


ADVERTISEMENT

# # #


 

पछिल्लो समय बजारमा बेसारको माग बढेपछि आयात बढेको व्यवसायीहरुले बताएका छन् । ‘अघिल्लो वर्षको यही अवधिलाई हेर्ने हो भने बजारमा बेसारको माग सयौँ गुणाले बढेको छ,’ नेपाल खुद्रा व्यापार संघका अध्यक्ष राजकुमार श्रेष्ठले बताए ।