काठमाडौँ – काठमाडौँका दर्जनभन्दा बढी स्थानमा आज दिनभर विद्युत आपूर्ति बन्द हुने भएको छ । कुलेश्वर वितरण केन्द्रअन्तर्गत प्रसारण हुने विद्युत लाइन मर्मत तथा रुखको हाँगाविगा काट्नका लागि आज दिनभरी विद्युत आपूर्ति बन्द गर्न लागिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।


ADVERTISEMENT


प्राधिकरणकाअनुसार आज स्यूचाटार–स्वयम्भु फिडर अन्तर्गत बाफल पुल, सीतापाइला, त्रिशक्ती केवल, ज्योती एकेडमी, शुभेच्छा हस्पिटल, गोल्छा, शरणपुर, रानीपाटी, छकडोल, सोल्टी दोबाटो, बुढाथोकी कोल्ड स्टोर, मुसलवान टोल, सिभिल होम्स, लगायतका स्थानमा दिनभर विद्युत् आपूर्ति बन्द हुनेछ ।


ADVERTISEMENT

# # #


यस्तै, सीता होम्स, थापाचोक, आदेश्वर मन्दिर, इचंगुनारायण मन्दिर, ह्वाइट गुम्बा, हरिसिद्धि, पदमा कोलोनी, फस्कु, सीताराम स्कुल, सुर्ती कारखाना, रामकोट, भीमढुँगा, नर्सरी भन्ज्याङ, खड्का गाउँ, खत्री गाउँ, छत्रे देउराली लगायतका स्थानहरूमा पनि विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणकाअनुसार आज यी स्थानमा बिहान ११ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत् आपूर्ति बन्द हुनेछ ।