काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ३०१ जनामा कोरोना भाइरस (कोभिड १९) पुष्टि भएको छ । उनीहरुमध्ये काठमाडौंका २३० जना, ललितपुरका ४७ जना, भक्तपुरका २४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT


काठमाडौँ उपत्यकामा एकैदिन अहिलेसम्मकै उच्च संख्यामा कोरोना संक्रमित देखिएका हुन् ।


ADVERTISEMENT

# # #


पछिल्लो २४ घण्टामा नेपालमा ८८५ जना कोरोना संक्रमित भेटिएका छन् । यससंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यस्तै गत २४ घण्टामा ३८५ जना निको भएका छन् भने हालसम्म १९ हजार ५०४ जना उपचारपछि निको भएका छन्

कुल संक्रमित मध्ये १७५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ११ जना संक्रमितको मृत्यु भएको छ ।

आज कुन जिल्लामा कति देखिए नयाँ संक्रमित ?

प्रदेश १ :
खोटाङमा १ जना, तेह्रथुममा ८ जना, पाँचथरमा ४ जना, झापामा १६ जना, मोरङमा १३ जना र सुनसरीमा ५५ जनामा कोरोना देखिएको छ ।

प्रदेश २ स्
बारामा २४ जना, धनुषामा ४३ जना, पर्सामा १ जना, रौतहटमा २० जना, महोत्तरीमा १८ जना, सप्तरीमा १ जना, सर्लाहीमा १२० जना र सिरहामा ३ जनामा कोरोना पुष्टि भएको छ ।

बाग्मती प्रदेश :
काठमाडौंमा २३० जना, ललितपुरमा ४७ जना, भक्तपुरमा २४ जना, नुवाकोटमा १ जना, चितवनमा ४२ जना, काभ्रेमा २१ जना, दोलखामा २ जना, धादिङमा २ जना, मकवानपुरमा १८ जना, रामेछापमा १ जना र सिन्धुपाल्चोकमा १ जना जनामा कोरोना पोजेटिभ देखिएको छ ।

गण्डकी प्रदेश :
कास्कीमा ४ जना, गारेखामा १ जना, लमजुङमा २३ जना र नवलपरासी (पूर्व)मा ७ जनामा कोरोना पाइएको छ ।

प्रदेश ५ :
अर्घाखाँचीमा १ जना, दाङमा १६ जना, बाँकेमा ४ जना, कपिलवस्तुमा ४ जना, नवलपरासी (पश्चिम)मा २ जना, रोल्पामा १ जना, प्यूठानमा २२ जना, बर्दियामा १ जना र रुपन्देहीमा १९ जनामा कोरोना संक्रमण देखिएको छ ।

कर्णाली प्रदेश :
जाजारकोटमा १ जना, दैलेखमा १ जना, सल्यानमा १ जना र सुर्खेतमा ७ जनामा कोरोना पाइएको छ ।

सुदूरपश्चिम प्रदेश :
अछाममा २० जना, कञ्चनपुरमा २ जना, कैलालीमा २९ जना, डडेल्धुरामा २ जना, डोटीमा २ जना कोरोना संक्रमित थपिएका छन् ।

यसरी २९९ जना महिला र ५८६ जना पुरुष गरी ८८५ जनामा कोरोना पुष्टि भएको छ ।