काठमाडौँ – नेपालमा गत २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट थप ११ जनाको मृत्यु भएको छ । जसमध्ये २ जना महिला र ९ जना पुरुष रहेका छन् ।


ADVERTISEMENT


मृत्यु हुनेमा कैलालीका ४५ र ५० वर्षीय दुई जना पुरुष, महोत्तरीका ६०, ७२ र ७५ वर्षी तीन जना पुरुष, मोरङकी ४६ वर्षीय एक महिला, भक्तपुरकी ५३ वर्षीय महिला, बाँकेका ३७ वर्षीय एक पुरुष, काठमाडौँका ५१ वर्षीय १ जना पुरुष र बाराका ४१ र ४६ वर्षीय २ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


ADVERTISEMENT

# # #


यससँगै नेपालमो कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १७५ पुगेको छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३८५ जना निको भएका छन् । यससँगै निको हुनेको संख्या १९ हजार ५०४ जना पुगेको प्रवक्ता डा. गौतमले जनाएका छन् ।