काठमाडौँ – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लक्षण नभएका र सामान्य अवस्थामा रहेका कोरोना संक्रमिताई पीसीआर परीक्षण गरेको १४ दिनमा घर पठाउन निर्देशन दिएको छ ।


ADVERTISEMENT


मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रले सातवटै प्रदेशका सामाजिक विकास मन्त्रालय र अस्पताललाई पत्र लेख्दै कोरोनाका लक्षण नभएका र सामान्य अवस्थाका सङ्क्रमितलाई घर पठाउन निर्देशन दिएको मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिए।


ADVERTISEMENT

# # #


लक्षण नभएका र स्वास्थ्य अवस्था सामान्य रहेका कोरोना संक्रमितलाई १० देखि १४ दिनमा डिस्चार्ज गरेर घर पठाउन निर्देशन दिइएको उनले बताए । १४ दिनभन्दा बढी राखेमा सरकारले सोध भर्ना समेत नगर्ने जानकारी उनले दिए।